सुनास कास्कीमा प्रा. डा. बेदनाथ शर्मा

पोखरा, ३१ भदौ ।

शुसासनका लागि नागरिक समाज सुनास कास्कीको दशौं बाषिर्क साधारण सभा तथा पाँचौ अधिबेशन सनिबार सम्पन्न भएको छ । शुन्दर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिब बुद्दी मल्लले सांगठानिक तथा कोषाध्यक्ष रबिन्द्र बास्तोलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन सर्बसम्मत पारीत गर्दै सस्थाका सल्लाहकार सुरेन्द्र थापा, चन्द्र कष्ण कर्माचार्य र पुन्य पौडेलको निर्बाचन समितिले ३ सदस्य पछि थप गर्ने गरी प्रा डा बेदनाथ शर्माको नेतृत्वमा आठ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ । जस अनुसार उपाध्यक्ष बुद्धि मल्ल ,सचिब रबिन्द्र बास्तोला, सहसचिवमा अधिबक्ता बिष्णु प्रसाद अधिकारी, कोषाध्यक्षमा माया गुरुङ मनाङे र सदस्यहरुमा बिष्णु प्रसाद पौडेल, श्यामनाथ कुवर, कृष्ण प्रसाद बराल सर्बसम्मत निर्बाचित भएको संयोजक सुरेन्द्र थापाले बताए ।

कार्यक्रममा टि आई नेपालका उपाध्यक्ष आनन्दराज मुल्मी, बरिष्ठ मानब अधिकारकर्मी टेकनाथ बराल, सस्थाका सल्लाहकार चन्द्र कृष्ण कर्माचार्य र पुन्य पौडेलले नवनिर्बाचित कार्यसमितीको कार्यकाल भ्रष्टाचार नियन्त्रण र शुसासन प्रबद्र्धनमा कोशेढुङगा बन्ने बताउदै शुभकामना तथा बधाइ ज्ञापन गरेका थिए ।

नवनिर्बाचित अध्यक्ष  शर्माले सस्थाको उद्देश्य अनुरुप शुसासनका लागि भ्रष्टाचार नियन्त्रणकाअभियानमा लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

You might also like

Comments are closed.