सुनास खोजी पत्रकारिता पुरस्कार पत्रकार गिरीलाई

पोखरा, ३१ भदौ ।

सुनास खोजी पत्रकारीता पुरस्कार पत्रकार अर्जुन गिरीलाई प्रदान गरिने भएको छ । भ्रष्टाचार विरुद्ध क्रियाशील सुनास कास्कीले यस बर्षको पुरस्कार पत्रकार गिरीलाई दिने भएको हो ।

पोखरामा विगत १० बर्ष देखि पत्रकारीता गर्दै आएका गिरी हाल ताण्डव न्यूज साप्ताहिक र ताण्डव न्यूज डटकम मा सम्पादक रहेका छन् ।

विशेषगरि खोजमुलक समाचार लेख्ने पत्रकार गिरीलाई सुनासका पूर्व अध्यक्ष पुण्य पौडेलको संयोजकत्वमा गठित छनौट समितिले पुरस्कारको लागि सिफरिस गरेको हो ।

छनोट समितिको सदस्यहरुमा पत्रकार महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र कोपिला नेपालकी विना सिलवाल रहेका थिए ।  भ्रष्टचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस ९ डिसेम्बरमा उक्त पुरस्कारद्वारा सम्मान गरिने संयोजक पौडेलले जानकारी दिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...