सुनौलो बचतको साधारणसभा

आर्थिक आवाज
पोखरा, ३ असोज ।

सुनौलो बचत तथा ऋण सहकारी संस्था लि.को ११औं साधारणसभा बुधबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ का अध्यक्ष जगत पहारीले सुनौलो सहकारीले राम्रो काम गरेको भन्दै प्रशंसा गरे साथै सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।

prime

सहकारीका अध्यक्ष टीकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्मा, सहकारीका सल्लाहकार गणेश भट्टराई लगायतले बोलेका थिए । सहकारीका उत्कृष्ट कर्मचारी तथा विद्यार्थीलाई सम्मान पनि गरिएको छ ।

करिब २ करोड ७२ लाख रुपैयाँ शेयर रहेको सहकारीको निक्षेप संकलन ११ करोड ८६ लाख रुपैयाँ र कर्जा लगानी १२ करोड ४८ लाख रुपैयाँ रहेको सचिव सोम थापाले जानकारी दिए । सहकारीमा कुल १ सय २९ जना सेयर सदस्य छन् ।

You might also like

Comments are closed.