सुन तस्कर जारी, चार किलो सुनसहित तीनजना पक्राउ

काठमाडौं, २१ पुस । नेपालमा समय समयमा सुन तस्करका समाचार आइरहन्छन् । कहिले अन्तर्राष्ट्रिय विमानस्थलमा त कहिले विभिन्न नाकामा अवैध रुपमा आएका सुन परामद भइरहेका छन् । तोलामा होइन, किलोमा सुन तस्कर भइरहेको छ ।

यसैक्रममा ४ किलो अवैध सुनसहित ३ जना पक्राउ परेका छन् । बिहीबा राति धादिङबाट उनीहरु पक्राउ परेका हुन् । पृथ्वी राजमार्गको गजुरी बजारबाट उनीहरूलाई धादिङ प्रहरीले पक्राउ गरेको हो । उनीहरु २ वटा मोटरसाइकलमा हिडिरहेका थिए । शंका लागेर खानतलासी गर्ने क्रममा सुन बरामद भएको हो । थप अनुसन्धान भइरहेको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले जानकारी दिए । पक्राउ पर्नेहरूमा रसुवा उत्तरगया गाउँपालिकाका २७ वर्षीय संजित वाइवा, नुवाकोट तारकेश्वर गाउँपालिकाका २२ वर्षीय सुरेन्द्र तामाङ र सोही स्थानका २४ वर्षीय विकास तामाङ छन् ।

You might also like

Comments are closed.