सुपर टच ट्रेडर्स सटिङ सुटिङ न्युरोडमा

पोखरा, ११ साउन

पोखराको न्युरोडमा शनिवारवाट सुपर टच ट्रेडर्स सटिङ सुटिङ कम्पनी सञ्चालनमा आएको छ ।

म्याग्दीका मिन वहादुर थापा र पोखरा १३ का रेशम विकको साझेदारीमा सो कम्पनी संचालन गरिएको हो । कुल पुँजी१ करोड रहेको सो कम्पनि न्युरोड स्थित होटल दिप सागर अगाडी रहेको छ ।

युवाहरुमा वढ्दो सुट र दौरा सुरवालको क्रेजलाई ध्यानमा राखी सो कम्पनी शूरु गरिएको सञ्चालक रेशम विकले जानकारी दिए । कम्पनीमा इटालियन इन्डियन लगायतका सुटहरु तयार गरिन्छ । १२ हजार रुपैयाँ देखि ६० हजार सम्मका सुट तयार गरिने कम्पनीका निर्देशक मिन बहादुर थापाले जानकारी दिए ।

५ वर्ष देखि सवै उमेर समुहका कोट पाईटहरु तयार गरिने छ । विवाह, पाटी, स्कुल,कलेज कार्यलय प्रयोजनका लागी सट सुटहरु उपयुक्त हुने दावि कम्पनीको छ । कम्पनीले वजारको माग अनुसारका सुटहरु तयार गर्ने जनाएको छ ।

You might also like

Comments are closed.