पोखरा । रुपा गाउँपालिकाका धार्मिक, सांस्कृतिक, ब्यापार, व्यवसाय तथा खेलकुदको विकासमा टेवा पु¥याउने उद्देश्यले राजन सुबेदीको अध्यक्षतामा समृद्ध रुपा क्लब गठन भएको छ । रुपा गाउँपालिकाका युवाहरुको शनिबार भएको भेलाले सुबेदीको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा जितबहादुर थापा, द्वितीय उपाध्यक्षमा सरिता कुमाल, महासचिवमा निलकण्ठ घिमिरे र कोषाध्यक्षमा हरिकला भुर्तेल चयन भएका छन् । सदस्यहरुमा सञ्जीव सुबेदी, सन्दीप ओझा, सुरेश गुरुङ, दीपक अधिकारी, इसदी मिया, ओमकुमारी गुरुङ, रमेश ओझा र अशोक परियार छन् । बाँकी ४ जनालाई पछि मनोनयन गरिने जनाइएको छ ।
Comments are closed.