सुरक्षाको प्रत्याभूति दिन सक्षम छौं (सन्दर्भ सडक महोत्सव)

राजेन्द्र ढकाल
कार्यसमिति सदस्य, रेवान पोखरा

हामीले महोत्सवमा सुरक्षा ब्यबस्थापन चुस्त बनाएका छौं । सुरक्षाका लागि नेपाल प्रहरीलाई पोषाकमै तैनाथ गरेका छौं भने अन्य बिना पोषाकका सुरक्षाकर्मीपनि बाक्लो मात्रामा खटाएका छौं । उनीहरुले महोत्सव स्थलमा पूर्ण रुपमा सुरक्षाको ज्ञारेन्टी गराउनका लागि हरदम प्रयास गरिरहेका हुन्छन् । त्यतिमात्र होइन हामीले सुरक्षा र महोत्सव व्यवस्थापनका लागि भनेर स्वयम्सेवकहरुपनि बाक्लो मात्रामा खटाएका छौं । हामीले स्वयम्सेवक मात्रै एक सय भन्दा बढी खटाएका छौं । उनीहरुले महोत्सवलाई सुरक्षित बनाउनका लागि प्रहरीसँग समन्वय गरेर सुरक्षा प्रदान गर्नेछन् । साथै महोत्सवमा दर्शकलाई कुनै समस्या आइपरेपनि स्वयम्सेवकले सहयोग गर्नेछन् । यसका लागि हामीले उनीहरुलाई तालिमसमेत दिइएको छ ।

महोत्सव स्थलमा कुनै घट्ना भइहालेमा पनि तत्काल सुरक्षाकर्मीले सो स्थल नियन्त्रणमा लिएर सुरक्षाको प्रबन्ध गर्न सक्नेछन् । अझ भनौं कुनै घटना घटेको १÷२ मिनेटमै हामी सुरक्षा दिन सक्षम छौं । सुरक्षाका लागि सिसि क्यामरा पनि जडान गरिएको छ । सडकमा मात्र करीब ७० वटा सिसि क्यामरा जडान गरिएको छ भने मुख्य महोत्सव स्थल कोमागाने पार्कमा पनि त्यत्तिकै संख्यामा सिसि क्यामरा जडान गरेका छौं । यसको वडा प्रहरी कार्यालय बैदाम र आयोजक रेवान पोखराको सचिवालयमा कन्ट्रोल कक्ष छ त्यहिंबाट निगरानी गरिन्छ । सिसि क्यामराले बद्मासी गर्नेलाई मनोवैज्ञानिक रुपमा घट्ना नघटाउनका लागि दवाब दिनेछ । यसका बाबजुद घटना भइहालेमा पनि सिसि क्यामराको मद्धतमा दोषी पत्ता लगाइन्छ र कार्वाही गरिन्छ । म सर्वसाधारण सबैलाई महोत्सव स्थल सुरक्षित रहेकाले निर्धक्क र ढुक्क भएर रमाइलो गर्न आग्रह गर्दछु । यद्वपी यसरी रमाइलो गरिरहँदा आफ्नो सुरक्षामा सचेत रहन आग्रह गर्दछु ।

महोत्सवमा आएका पर्यटकलाई आवासको समस्या रहँदैन । यहाँ एकै दिनमा हजारौं पर्यटकलाई सुताउन सक्ने क्षमता हाम्रो छ । तारे होटलदेखी रिसोर्ट हुँदै सामान्य होटलसम्म पर्याप्त मात्रामा छन् । त्यतिमात्र होइन पोखरा नजिकका ठाउँहरु पृथ्वीचोक, न्यूरोड, महेन्द्रपुल, बेगनास, रुपा, पुम्दीभुम्दी, सराङ्कोटमा होटलहरु छन् भने यी र यस वरपरका ठाउँमा पर्याप्त मात्रामा होमस्टेहरुपनि छन् । त्यहाँपनि पर्यटक बस्न जान सक्छन् । यदी कोठा नपाएको अवस्थामा हाम्रो सचिवालय महोत्सव स्थल कोमागाने पार्कमा छ, त्यहाँ वा अन्य सम्पर्क कार्यालयमा पनि सम्पर्क गरेमा अवासको ब्यबस्था मिलाउने जानकारी गराउँछु ।

You might also like

Comments are closed.