लेखनाथ । पोखरा ३३ भरतपोखरीमा प्रधान कार्यालय रहेको सुरक्षा पालुवा बहुउद्देश्य सहकारी संस्थाले सञ्चालकहरुलाई शनिबार प्रशिक्षण गराएको छ । संस्थाका सञ्चालक समिति तथा उपसमितिमा रहेका पदाधिकारीहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण गराइएको अध्यक्ष टुल्कनाथ आचार्यले जानकारी दिए ।
कार्यक्रममा पोखरा रोयल सहकारीका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गरुङले प्रशिक्षण गराएका थिए । कार्यक्रममा २४ जनाको सहभागिता रहेको सहकारीका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद अकिारीले जानकारी दिए । सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यको अध्यक्षतामा तथा निर्मल लामिछानेको संयोजकत्वमा कार्यक्रम भएको हो ।


Comments are closed.