सुरक्षा पालुवाको रक्तदानमा ४६ युनिट रगत संकलन

पोखरा, १० वैशाख । पोखरा लेखनाथ ३३ मा प्रधान कार्यालय रहेको सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्थाको खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ । पोखरा लेखनाथ ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यले कार्यक्रममा बोल्दै मानव जीवनका लागि रक्तदान महत्वपूर्ण र सबै भन्दा ठुलो दान भएको धारणा राखे ।

रक्तदानको महत्व बढ्दै गएको धारणा राख्दै आचार्यले प्रत्येक तीनतीन महिनामा रक्तदान गर्दा स्वयम आफ्नो स्वास्थ्यमा पनि सहयोग पुग्ने बताए । सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टुकनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसंचार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको सहकारीकी महिला उपाध्यक्ष एवं कार्यक्रम संयोजक डिलकुमारी दाहाल सन्ध्याले जानकारी दिइन् । कार्यक्रमको संचालन संस्थाका सचिव यज्ञप्रसाद आचार्यले गरेका थिए ।

सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा समय समयमा रक्तदान लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको अध्यक्ष टुकनाथ आचार्यले जानकारी दिए ।

You might also like

Comments are closed.