सुर्या लाइफ इन्स्योरेन्सको मृत्युदावी भुक्तानी

पोखरा, ३ पुस । वैदेशिक रोजगारमा जादा जाने क्रममा जीवन बिमा गरेका नाल्मा ९ लमजुङका गुनबहादुर तामाङको मृत्यु भएपछि परिवारले क्षतिपूर्ति पाएका छन् ।

सुर्या लाइफ इन्स्योरेन्स २ हजार ९ सय रुपैयाँ बुझाएर आफ्नो जीवन बिमा गरेका उनको विदेशमा उपचार नभएपछि नेपाल फर्किएका थिए । पछि उनको मृत्यु भएपछि मृतकका हकवाला धर्मपत्नी दुरपती तामाङलाई जीवन बिमा बापतको मृत्यु दाबी भुक्तानी गरिएको ६ लाख ५० हजार रुपैयाँ हालै भुक्तानी गरिएको एरिया ब्रान्च म्यानेजर मीनबहादुर जिसीले जानकारी दिए । उनी वैदेशिक रोजगारीका लागि कतार गएका थिए ।

You might also like

Comments are closed.