सुलभबाट सुलभ मूल्यमा सामान बेच्छौं : बराल

लक्ष्मण बराल
प्रमुख कार्यकारी अधिकृत
सुलभ डिपार्टमेन्टल स्टोर्स

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडका होटल तथा रेस्टुरेन्ट व्यवसायीहरुको अगुवाइमा सुलभ डिपार्टमेन्टल स्टोर्स सञ्चालन भएको ७ वर्ष पुगिसकेको छ । सुलभ मूल्यमा उपभोक्तालाई सामान उपलब्ध गराउने लक्ष्यसहित स्थापित स्टोर्स सुविधा सम्पन्न नयाँ भवनमा सरेको छ । यसैक्रममा सुलभका विशेषता, आगामी योजना, ग्राहकको प्रतिक्रिया लगायत विविधि विषयमा केन्द्रित रहेर प्रमुख कार्यकारी अधिकृत लक्ष्मण बरालसँग आर्थिक आवाजले गरेको कुराकानीको सार :

सुलभ डिपार्टमेन्टल स्टोर्स कसरी सुरुवात भयो ?
हामीले बिगत ७ वर्ष पहिलेबाट सुलभ डिपार्टमेन्टल स्टोर्स सञ्चालन गरेका हौं । विशेष गरी होटल तथा रेष्टुरेन्ट व्यवसायी तथा सञ्चालक मिलेर यो व्यवसायको सुरुवात भएको हो । होटल तथा रेस्टुरेन्टमा धेरै सामानको खपत हुन्छ । सामान खरिदका क्रममा हामी आफै पीडित भएको अनुभव भएर हामीले यो व्यवसायलाई सञ्चालन गरेका हौं । सामानको गुणस्तर अनुसार मूल्य हुन्छ, कतिपय स्थानमा गुणस्तर नहेरी मूल्य कायम हुने गरेका छन् । हाम्रो उद्देश्य भनेको ग्राहकलाई गुणस्तरीय तथा राम्रा सामान सुलभ मूल्यमा दिनु हो । हामीले होटल तथा रेष्टुरेन्टलाई मात्र सामान बिक्री नगरी सबै ग्राहकलाई गर्छौं । नाम अनुसार नै हामीले उपभोक्तालाई सुलभ मूल्यमा सामान उपलब्ध गराउन सफल भएका छौं । गौरीघाटबाट सुरु भएको यो व्यवसाय अहिले सुविधासम्पन्न भवन निर्माण गरी लेकसाइडकै नारेश्वरबाट सेवा शुभारम्भ गर्न सफल भएका छौं ।

नयाँ भवनमा सर्नुको उद्देश्य के हो ?
पोखरामा अहिले पार्किङ मुख्य समस्या बनेको छ । हरेक व्यवसायमा पार्किङको विशेष महत्व छ । हाम्रो नयाँ भवनमा पार्किङ प्रशस्त छ । बजारको मध्य भागमा रहेको सुविधा सम्पन्न भवन अत्याधुनिक तथा आधुनिक डिजाइनबाट तयार पारिएको छ । व्यवसायलाई समय सापेक्ष रुपमा विस्तार गर्ने क्रममा साढे ४ रोपनी जग्गामा डिपार्टमेन्टल स्टोर्स सञ्चालन गरेका हौं । पोखराका ३ सय भन्दा बढी होटल तथा रेस्टुरेन्टसहित सर्वसाधरणलाई सेवा प्रदान गरिरहेको यो स्टोर्सबाट सानोदेखि ठूला परिवारका लागि आवश्यक पर्ने सम्पूर्ण घरायसी सामानहरु सहज तरिकाले बिक्री वितरण गर्न पनि व्यवसाय विस्तार गरिएको हो ।

आफ्नै ब्राण्डमा सामान प्याकिङ गरेर बिक्री सुरु गर्नुको कारण ?
आन्तरिक तथा बाह्य उत्पादनका सामानहरु बिक्री वितरणसँगै आफ्नै ब्राण्डबाट पनि सामानहरु बिक्री गर्नुपर्छ भन्ने हाम्रो सोच हो । आफ्नै नामबाट सामान बेच्नका लागि राज्यबाट स्वीकृत लिएर यो अभियानमा जुटेका हौं । कृषककोमा नै गएर खाद्यान्नका ताजा सामान ल्याउछौं । अन्य स्थानबाट प्याकिङका सामान किनेर ल्याउदा महङगो पनि पर्न जान्छ । हामीले यसको लागि मात्र ८ जना कर्मचारी राखेका छौं । स्वचालित मेसिन पनि हामी ल्याउँदैछौं । अरुको उत्पादन भन्दा आफ्नो उत्पादन बिक्री गर्दा गुणस्तरीयका साथै सस्तो पनि हुन्छ । ब्राण्डलाई चिनाउन पनि सजिलो हुन्छ ।

 

व्यवसाय करको समस्या कस्तो छ ?
सहकारी ऐनमा दर्ता भएपनि हामी अन्य निकायमा पनि दर्ता भएका छौं । हामी भ्याटमा, अन्तशुल्कमा दर्ता छौं । हामीले तिर्नुपर्ने सम्पूर्ण कर व्यवस्थित तरिकाले तिरिरहेका छौं । अडिटको लागि हामीसँग चार्टर एकाउन्टेन्सी हुनुहुन्छ । भर्नुपर्ने सवै विवरण भरेर हामीले सबै कर तिरिरहेका छौं । यस विषयमा हामीलाई खासै अप्ठ्यारो महसुस भएको छैन । कर तिर्नु आम नागरिक र व्यवसायिक प्रतिष्ठानको दायित्व हो ।

आगामी लक्ष्य तथा उद्देश्य के छन् ?
जो उत्पादक छ त्यहाँँबाट नै सामान ल्याएर बेच्ने हाम्रो रणनीति हो । सस्तो र सुलभ मूल्यमा सामान ल्याएर दिने हाम्रो लक्ष्य हो । यसका अलावा उत्पादन क्षेत्रमा पनि जाने बारेमा हामीले सोचेका छौं । लुम्लेका कृषकसँग मिलेर हप्ताम १ दिन अर्गानिक कृषि कार्यक्रम गर्नेपनि सोचेका छौं । यहाँ उत्पादन हुने विभिन्न उत्पादन हामीले बाहिरबाट ल्याएर बेचेका छौं । यस्ता सामान यहीँ उत्पादन गरेर बेच्ने हाम्रो उद्देश्य छ । डिपार्टमेन्टल स्टोर्स सञ्चालनसँगै भविश्यमा कृषि उत्पादन, मिनिरल वाटर, घरेलु उत्पादन तथा बस्तु आयात तथा निर्यात लगायतका गतिविधि हाम्रो प्राथमिकतामा पर्नेछ ।

सुलभका लक्षित ग्राहक कहाँ कहाँबाट आउनुहुन्छ ?
बिशेष गरी लेकसाइड वरपर तथा वडा नं ६ का ग्राहक बढी आउनुहुन्छ । बगर, महेन्द्रपुल, छोरेपाटन लगायत पोखराका प्राय सबै स्थानबाट ग्रहक आउनुभएको छ । हाम्रोमा कस्टमर केयर पनि छ । हामी कस्टमरसँग पनि विभिन्न कुरा सोध्छौं । प्रचारप्रसार पनि हामीले राम्रोसँगग ग¥यौैं । त्यसै अनुसार ग्राहक पनि आउनुभएको छ । ग्राहकबाट पनि हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं । पार्किङको सुविधाले पनि ग्राहक आउने क्रम बढिरहेको छ । हामीले सोचेभन्दा पनि राम्रोसँग व्यवसाय संचालन भएको छ । अहिले हामीले सामान किन्न आउने गाहकलाई सामानको अंकित मूल्यमा ४ प्रतिशत छुट प्रदान गरिरहेका छौं ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
सबैलाई एकपटक सुलभमा आउनुुहुन म आग्रह गर्दछु । हाम्रा केही कमिकमजोरी भएमा हामी सुधारेर अगाडि बढ्नेछौं, सुझाव दिनुहोला । ग्राहकको आवश्यकता अनुसारका सामान सर्वसुलभ तरिकाले उपलब्ध गराउने उद्देश्यका साथ हामी आएका हौं ।

सुलभ डिपार्टमेन्टल स्टोर्स

https://arthikawaj.com/2018/08/5157 (Interview link of CEO Laxman Baral)पोखराका ४४ जना पर्यटन व्यवसायीहरुको संयुक्त लगानी रहेको शुलभ डिपार्टमेन्टल स्टोर्स सुविधा सम्पन्न भवनमा थप सेवासहित सञ्चालनमा आएको छ । सुलभ उपभोक्ता सहकारी संस्थामार्फत ७ वर्ष अगाडि लेकसाइडस्थित गौरीघाटमा सञ्चालित स्टोर्सले १५ करोड रुपैयाँ लगानी विस्तार गरी लेकसाइडकै नारेश्वरबाट हालै सेवा शुभारम्भभ भएको हो ।साढे ४ रोपनी जग्गामा सञ्चालित डिपार्टमेन्ट स्टोर्सबाट पोखराका ३ सय भन्दा बढी होटल तथा रेस्टुरेन्टहरुलाई सेवा प्रदान भइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण बरालले जानकारी दिए । सानोदेखि ठूला परिवारका लागि आवश्यक पर्ने सम्पूर्ण घरायसी सामानहरु सहज तरिकाले बिक्री वितरण गरिने संस्थाले जनाएको छ । सुपथ मूल्यमा सामान उपलब्ध गराइएकाले ग्राहकको विश्वास जित्न सफल भएको बरालले बताए । पर्याप्त पार्किङको सुविधा, सम्पूर्ण सामान एउटै छाना मुनी उपलब्ध, सुपथ मूल्य, घरमै सामान पु¥याउने सुविधाले पनि स्टोर्समा ग्राहकको आकर्षण बढेको बरालले बताए ।

Gepostet von Arthik Awaj am Montag, 27. August 2018

You might also like

Comments are closed.