सूर्या लाइफद्वारा मृत्युदावी भुक्तानी

आर्थिक आवाज
पोखरा, २८ जेठ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि.ले सोमबार मृत्युदावी भुक्तानी गरेको छ । पोखरा लेखनाथस्थित निर्मलपोखरीका मीलन रानाको वैदेशिक रोजगारीका क्रममा मलेसियामा सेक्युरिटी गार्डमा काम गर्दागर्दै हृदयघातका कारण निधन भएको थियो । उनले सूर्या लाइफमा वैदेशिक रोजगार जीवन बिमा गरेका थिए ।

बिमा बापतको रकम १३ लाख रुपैयाँ उनका श्रीमती रिना रानालाई सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको सूर्या लाइफका प्रदेश प्रमुख मीनबहादुर जिसीले जानकारी दिए । एजेन्सी म्यानेजरहरुको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो । सो अवसरमा बिमा सम्बन्धी सचेतना कार्यक्रम समेत गरिएको जिसीले जानकारी दिए ।

You might also like

Comments are closed.