सूर्या लाइफ इन्स्योरेन्सद्वारा मृत्युदावी भुक्तानी

पोखरा, ९ जेठ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्युदावी भुक्तानी गरेको छ । कम्पनीसँग इन्स्योरेन्स गरेका पोखरा नयाँबजार निवासी सन्दिप सिग्देलको मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । सिग्देलको दुर्घटनामा निधन भएपछि उनका परिवारले मृत्युदावी भुक्तानी बापत ५८ लाख ६० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सन्दिपका बृद्ध बुवा चुडामणि सिग्देललाई बुधबार एक कार्यक्रमका बीच कम्पनीले चेक हस्तान्तरण गरेको छ । वडा नं. ९ का वडा सचिव लोकदर्शन कोइरालाले परिवारलाई चेक हस्तान्तरण गरे । सन्दिपले ३ वर्ष अगाडि सूर्या लाइफमा बिमा गरेका थिए ।

५० लाख रुपैयाँ बराबरको बिमा गरेका सन्दिपले कम्पनीलाई हालसम्म बिमाशुल्क बापत ७ लाख १५ हजार ५ सय रुपैयाँ बुुझाएको क्षेत्रीय प्रवन्धक मीनबहादुर जिसीले जानकारी दिए । ‘जोखिम बहन गर्ने भएकाले बिमाको महत्व बढिरहेको छ,’ जिसीले भने, ‘आफू बाँचे आफूलाई र नबाँचे परिवारको आर्थिक सुरक्षाका लागि बिमा अनिवार्य छ ।’

You might also like

Comments are closed.