सृजनशिल युवा क्लवले आयोजना गरेको हाजिरीजबाफमा लक्ष्मी मा.वि प्रथम

पोखरा, १५ साउन ।

पढाईको साथमा बाहिरी ज्ञानको पनि अवस्यकतालाई मध्यनजर राखेर पोखरा लेखनाथ महानगरपािलका वडा नं २७ को सृजनसिल युवा क्लवले आयोजना गरेको अन्तर विद्यालय स्तरीय हाजिरी जबाफ प्रतियोगीतामा लक्ष्मी मावि प्रथम भएको छ ।

मा.वि स्तरीय प्रतियोगितामा सहभागी अन्य निजी विद्यालयहरुलाई पार्दै सामुदायिक विद्यालय अन्तरगतको लक्ष्मी माविका विद्यार्थीले ठुलो अन्तरका साथ प्रथम स्थान हासिल गरेका हुन् ।प्रतियोगितामा त्रिबेणी पबिलक स्कुल उप विजेता भएको छ ।

क्लवका अध्यक्ष महेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले यस प्रकारको प्रतियोगिताले विद्यार्थीमा सामान्य ज्ञानको जानकारी हुने भएकाले सवै विद्यालयहरुले पढाईको साथमा सामाजिक विषय बस्तुका बारेमा पनि जानकारी गराउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका शिक्षा महाशाखाका उप प्रमुख बिश्वराज आचार्य, लेखनाथ उद्योग बाणिज्य संघका सदस्य शिवप्रसाद भण्डारी, सस्थापक अध्यक्ष बेदप्रसाद बस्ताकोटी, निर्वतमान अध्यक्ष गोविन्द वाग्ले लगायतले बोलेका थिए । कार्यक्रममा पुर्व अध्यक्ष तथा सल्लाहकार प्रकाश राई भाट र सदस्य रोशनी गुरुङले क्विज मास्टरको जिम्मेवारी निभाएका थिए भने कार्यक्रमको सञ्चालन क्लवका सचिव निरोज लामिछाने गरेका थिए ।

You might also like

Comments are closed.