सृजना महिला सहकारीको रक्तदान

पोखरा, २ बैशाख ।

सृजना महिला बचत तथा ऋण सहकारी संस्था लि.को १७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित ३ दिवसीय कार्यक्रम अन्तर्गत सरसफाई, सचेतना कार्यक्रम सहित रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा पहिलो रक्तदाता अविनास बराललाई ब्लड ब्याग हस्तान्तरण गर्दै प्रमुख अतिथि पोखरालेखनाथ महानगरपालिका ८ का वडाअध्यक्ष रुद्रनाथ बरालले सामाजिक, आर्थिक विकासको लागि सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा सृजना विकास केन्द्रका कार्यवाहक अध्यक्ष कृष्ण थापाले सहकारीले सहकार्यको भावनासँगै महिला नेतृत्व विकासमा पु¥याएको योगदानले आर्थिक विकासमा सहयोग पुगेको बताए ।

संस्थाका अध्यक्ष पवित्रा के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकारकर्मी सुष्मा पौडेल, रक्त संचार केन्द्रका प्राविधिक अर्जुन ज्ञवाली, पूर्व अध्यक्ष शान्ति शर्मा, निता बराल, कमला गिरी, उपाध्यक्ष शारदा गिरी, कार्यक्रम संयोजक संगिता काफ्ले, सचिव सुष्मा पहारी बराल, मुना बास्तोला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

१७ वर्ष अगाडि स्थापना भएको सहकारीको हाल शेयर पुँजी १ करोड ६५ लाख, लगानी ६ करोड, बचत ७ करोड रहेको संस्थामा ७ सय ३५ जना शेयर सदस्यहरु रहेका छन् ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...