सृजना महिला सहकारीको साधारणसभा

आर्थिक आवाज
पोखरा, ५ असोज ।

सृजना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औ साधारणसभा बुधबार पोखरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पवित्रा पौडेलको अध्यक्षता तथा गण्डकी प्रदेश उपसभामुख सृजना शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै उपसभामुख शर्माले सहकारीले गरेका कामको प्रशंसा गर्दै अझै सशक्त रुपमा अघि बढ्न सुझाव दिइन् ।

कार्यक्रममा नेफस्कुन फिल्ड कार्यालय पोखराका संचालक नारायण आचार्य, जिल्ला सहकारी संघका संचालक सदस्य संगिता गौतम, कास्की बचत सहकारी संघका लेखा समिति संयोजक रुद्रनाथ पौडेल, परोपकार सहकारीका विष्णुप्रसाद बराल, सृजना विकास केन्द्रका द्वितीय उपाध्यक्ष पार्वती बराल, सामाजिक अभियन्ता सुष्मा पौडेल, संस्थापक अध्यक्ष सृजना बराल, निवर्तमान अध्यक्ष एवं सल्लाहकार कमलादेवी गिरी, लेखा समिति संयोजक मीरा गिरी लगायतले बोलेका थिए ।

असल कारोबार गर्ने शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, ज्येष्ठ सदस्य, निर्वमान सञ्चालक, लेखा समिति तथा उपसमिति सदस्य लगायतलाई सम्मान गरिएको थियो । १ जना छोरी मात्र जन्माएर स्थायी बन्ध्याकरण गर्र्नेलाई पनि सम्मान गरिएको अध्यक्ष केसीले जानकारी दिइन् ।

१ करोड ६४ लाख रुपैयाँ शेयर पुँजी रहेको सहकारीले ६ करोड १३ लाख रुपैयाँ ऋण लगानी गरेको छ । जगेडा कोष तथा संचित नाफा २१ लाख ३३ हजार रुपैयाँ छ । कार्यक्रमको सञ्चालन सचिव सुष्मा पहारीले गरेकी थिइन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.