सृजना विकास केन्द्रको टोली चीन भ्रमणमा

पोखरा, २५ जेठ ।

पोखरामा रहेको सृजना विकास केन्द्रको टोली अध्ययन अवलोकन भ्रमणमा निस्केको छ । संस्थाका कार्यवहाक अध्यक्ष ईन्द्रप्रसाद पौडेलको नेतृत्वमा टोली शनिवार चीन प्रस्थान गरेको हो । भ्रमण टोलीमा २० सदस्य छन् । भ्रमण ९ दिनसम्म चल्नेछ ।

चीनमा रहेका नयाँँ नयाँ प्रविधिको अध्ययन तथा अवलोकनको लागि भ्रमण गरिएको पौडेलले जानकारी दिए । टोलीले चीनको बेइजिङ, साङ्घाई, गोन्जाउ लगायतका शहरको भ्रमण गर्ने कार्यक्रम संयोजक तथा निर्वतमान अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए ।

कार्यवाहक अध्यक्ष ईन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको विदाई कार्यक्रममा बोल्दै पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले भ्रमण टोलीलाई शुभकामना दिनुका साथै भ्रमण फलदायी रहने विश्वास गरे । कार्यक्रममा संस्थाका सल्लाहकार समितिका सभापति राजकुमार गिरी, पुर्व अध्यक्ष एवं सल्लाहकार सोमनाथ बराल, राजु पौडेल, संस्थाका सचिव चन्द्र गिरी लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.