सृजना विकास केन्द्रको वक्तृत्वकला, प्रदेशको विकासमा सहयोगको खाँचो ः उपसभामुख

पोखरा, २४ फागुन

सिर्जना विकास केन्द्र, सिमलचौरको आयोजनामा बुधवार प्रदेश ४ को शैक्षिक आर्थिक विकासमा अवसर सम्भावना र चुनौती विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्रमुख अतिथि प्रदेश ४ का उपसभामुख सृजना शर्माले यस्ता कार्यक्रमले विद्यार्थीमा प्रतिभा प्रस्फुटन, क्षमता विकाससँगै अनुशासित बन्न मद्दत गर्ने बताइन् । उनले प्रदेश ४ को समुन्नत विकास र समृद्धिको लागि सबैजनाको सहयोगको खाँचो समेत औल्याइन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका नवनिर्वाचित अध्यक्ष डोलराज पाण्डे, सृजना विकास केन्द्रका सल्लाहकार समिति अध्यक्ष विष्णुप्रसाद बराल, निर्णायक माधव शर्मा वियोगी, डा. जगन्नाथ रेग्मी, समाजसेवी परशुराम बराल, संस्थाका निवर्तमान अध्यक्ष राजु पौडेल लगायतले मन्तब्य राखेका थिए ।
प्रतियोगितामा अमरसिंह माविका सुजन पौडेल प्रथम, भद्रकाली स्कुलकी ज्योत्सना जोशी द्वितीय, छोरेपाटन स्कुलका अनिष न्यौपाने तृतीय, अमरसिंह माविकी सचित्रा पाठक सान्त्वना भए ।

संस्थाका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष कृष्णबहादुर थापा र सञ्चालन महासचिव मीनप्रसाद भट्टराइले गरेका थिए ।

२०३७ सालमा स्थापित संस्थाले लघुवित्त कार्यक्रम, बालगृह संचालन लगायत थुप्रै सामाजिक कार्य गर्दैआएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.