सृजना विकास केन्द्रद्वारा आँधीहुरी पिडितलाई सहयोग हस्तान्तरण

 

पोखरा, २८ चैत

पोखरामा रहेको सृजना विकास केन्द्रले वारा र पर्सामा आएको विनासकारी आँधीहुरी पिडितलाई सहयोग गरेको छ । पिडितलाई जिन्सी तथा नगद हस्तान्तरण गरिएको हो ।

१५ मृतकका ११ घरपरिवारलाई ग्यासचुलो सेट तथा हस्तान्तरण गरिएको थियो भने घाईतेका परिवारलाई नगद आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । करिव १ लाख रुपैयाँ वारवरको सहयोग हस्तान्तरण गरिएको केन्द्रका निवर्तमान अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठ र संस्थाका कार्यकारी सदस्य तुलसीप्रसाद बरालको नेतृत्वमा सहयोग हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा फेटा गाँउपालिका वडा नं ६ का वडाध्यक्ष जाकिर अन्सारी, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती थियो । फेटामा रहेका ६ घर सँगैै भुलागी भरलोहियामा ५ घर परिवारलाई सहयोग हस्तान्तरण गरिएको हो ।

You might also like

Comments are closed.