सृजना विकास केन्द्रद्वारा वृक्षरोपण र पुनर्जलीय कार्यक्रम

आर्थिक आवाज
पोखरा, १४ असार । सामाजिक क्षेत्रमा सक्रिय रहदै आएको सृजना विकास केन्द्रले शनिबार पोखरामा वृक्षरोपण तथा पुनर्जलीय कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत सृजना बालगृह पोखरामा वृक्षरोपण गरिएको संस्थाका कार्यबहाक अध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

लिची, आँप, पाउलोनिया, समी, बेल, धुपी लगायतका विरुवा रोपिएको छ । देशभर वृक्षरोपण गरेर हरियाली बढाउने सरकारको अभियानमा सहयोग गर्न पनि वृक्षरोपणले सहयोग पु¥याउने पौडेलले बताए । पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि बरालले सृजना विकास केन्द्रले स्थापनाकालदेखि सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको भन्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे । पोखराको गणेशमान पार्कमा गोडमेल गर्ने तथा संरक्षण गर्ने कार्यक्रमसमेत सम्पन्न भएको कार्यवहाक अध्यक्ष पौडेलले जानकारी दिए ।

यसैबीच, हालै चीन भ्रमणमा गएको सृजना विकास केन्द्रको टोलीले बालगृहका १३ जना बच्चाहरुलाई कपडा सहयोग गरेका छन् । चीन भ्रमणको मायाको चिनो स्वरुप कपडा सहयोग गरिएको हो ।

प्रमुख अतिथि रुद्रनाथ बराल, केन्द्रका सल्लाहकार तथा पूर्व अध्यक्ष सोमनाथ बराल, सल्लाहकार समितिका सभापति राजकुमार गिरी, पूर्व अध्यक्ष एवं सल्लाहकार हरिप्रसाद बराल, निबर्तमान अध्यक्ष अर्जुन श्रेष्ठ, कोषाध्यक्ष कमलादेवी गिरी, बालगृह सञ्चालक समितिका सदस्यहरु गोविन्द बराल र बिक्रमनारायण विजुक्छे, तुलसी बराल, नेकपा वडा नं. ८ का अध्यक्ष लक्ष्मीप्रसाद सुवेदी, वडा नं. ८ का जनप्रतिनिधिहरु पुष्पराज सिग्देल र लक्ष्मी कौशल, ढिकुरपोखरी समाजका उपाध्यक्ष बाबुराम भण्डारी लगायतले कपडा वितरण गरेका थिए ।

कार्यवहाक अध्यक्ष ईन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रका महासचिव राधिका रेग्मीले गरेकी थिइन् भने स्वागत सचिव चन्द्र गिरीले गरेका थिए । धन्यवाद मन्तव्य निवर्तमान अध्यक्ष अर्जुन श्रेष्ठले राखेका थिए । सामाजिक अभियान्ता सुमन रञ्जितले सोही अवसरमा बालगृहलाई ५ हजार रुपैयाँसमेत सहयोग गरेका छन् ।

You might also like

Comments are closed.