सृजना सहकारीको आयोजनामा निशुल्क दन्त शिविर

पोखरा, ९ माघ

सृजना महिला बचत तथा ऋण सहकारी संस्था सिमलचौर पोखराको आयोजनामा निशुल्क दन्त शिविर बुधवारबाट संचालन भएको छ । शिविर माघ ११ गते सम्म चल्ने छ ।

कार्यक्रममा वोल्दै पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले सहकारीले गरेको कामको प्रशंसा गरे । साथै आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्नुपर्ने बताए । सहकारीका जेष्ठ शेयर सदस्य कलावती गिरीलाई प्रेस्क्रिप्सन हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको हो ।

शिविरमा कान्तिपुर इन्टिच्युट अफ हेल्थ साईन्स एण्ड डेण्टल हस्पिटलको प्राविधिक सहयोग रहेको छ । हस्पिटल परिसमा नै शिविर संचालन गरिएको छ । पहिलो दिनमा ४५ जनाको दन्त परिक्षण गरिएको सहकारीका अध्यक्ष पवित्रा के.सीले जानकारी दिईन् । वरिष्ठ डेन्टल हाईजेनिष्ट दशमी गुरुङले दातको सरसफाई तथा दातका समस्याका वारेमा प्रशिक्षण दिएकी थिईन् ।

सहकारीका अध्यक्ष पवित्रा के.सीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका शारदा गिरीले स्वागत तथा संचालन सहसचिव मुना वाँस्तोलाले गरेका थिए । कार्यक्रममा हस्पिटलका कोअर्डिनेटर शर्मिला अधिकारी, डाक्टर सृष्टि सापकोटा लगायतले वोलेका थिए ।

You might also like

Comments are closed.