सेकेण्ड भाइस गभर्नरका उम्मेदवार श्रेष्ठको चुनावी प्रचार–प्रसार स्याङजामा

स्याङजा, १२ चैत । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको लायन वर्ष २०१९/२० का लागि सेकेण्ड भाइस गभर्नर पदका उम्मेदवार ध्रुव श्रेष्ठले चुनावी अभियानलाई तिब्र बनाएका छन् । यसैक्रममा उनको चुनावी प्रचारप्रसार कार्यक्रम स्याङजामा भएको छ । चुनावी अभियानका क्रममा स्याङजा पुग्दा त्यहाँका धेरै लायनहरुको साथ पाएको श्रेष्ठले बताए ।

कार्यक्रममा लायन्स क्लब अफ स्याङजाका अध्यक्ष रामचन्द्र पोख्रेल, लायन्स क्लब अफ वालिङ सिटीका अध्यक्ष विष्णु सुवेदी, गल्याङका सिटीका पूर्व अध्यक्ष महेश भट्टराई लगायतले बोलेका थिए । डिष्ट्रिक्टको लायन वर्ष २०१८/१९ का चिफ एडभाइजर समेत रहेका श्रेष्ठ लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष हुन् । सिनियर लायनहरुको सल्लाह अनुसार नै आफूले उम्मेदवारी दिएको उनले बताए ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं राष्ट्रिय महाविधेशन आगामी वैशाख १३ र १४ गते पोखरामा हुँदैछ । श्रेष्ठसँग लायन्स लिडर विशेश्वर आचार्यले प्रतिस्पर्धा गर्दैछन् । दुवै उम्मेदवारले चुनावी अभियानलाई तिब्र बनाएपनि माथिल्लो तहबाट सहमतिको प्रयाससमेत भइरहेको छ ।

You might also like

Comments are closed.