आर्थिक आवाज
पोखरा, २७ फागुन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सेकेण्ड भाइस गभर्नरमा ध्रुवबहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन् । आगामी वैशाख १३ र १४ गते पोखरामा हुने सातौं महाधिवेशनका लागि उनले मनोनयन दर्र्ता गरेका हुन् ।
सोमबार आयोजित एक कार्यक्रमका बीच श्रेष्ठले डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठ र नोमिनेसन कमिटि संयोजक दीपक श्रेष्ठलाई मनोनयनपत्र हस्तान्तरण गरे । डिष्ट्रिक्टको लायन वर्ष २०१८/१९ का चिफ एडभाइजर श्रेष्ठ लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष हुन् । यस अगाडि सेकेण्ड भाइस गभर्नरमा विशेश्वर आचार्यले मनोनयन दर्ता गरिसकेका छन् । श्रेष्ठ र आचार्यको मनोनयन दर्तासँगै लायन्सको आगामी महाधिवेशनमा दुई पक्षबीच प्रतिस्पर्धा हुनेछ ।
Comments are closed.