काठमाडौं । सेती खोला हाइड्रोपावर प्रा.लि.ले कास्कीको पोखरामा निर्माण गर्न लागेको सेतीखोला हाइड्रोपावर परियोजनालाई कुमारी बैंकको नेतृत्वमा लगानी जुटेको छ ।
२२ मेगावाटको उक्त जलविद्युत क्षमताको प्रोजेक्टलाई कुमारी बैंकको नेतृत्वमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सहनेतृत्वमा लगानी सम्झौता भएको छ ।
उक्त परियोजनालाई कुमारी बैंकबाट २ अर्ब रुपैयाँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट १ अर्ब २५ करोड रुपैयाँ लगानी हुनेछ । दुवै बैंकबाट गरी ३ अर्ब २५ करोड रुपैयाँ बराबरको कर्जा सीमा स्वीकृत भएको हो ।
सम्झौतामा कुमारी बैंकका नायव महाप्रबन्धक रामचन्द्र खनाल, नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र परियोजनाको तर्फबाट अनुप आचार्य लगायतको उपस्थिति थियो ।
Comments are closed.