सेती गण्डकीले गर्यो सर्भिसका विभिन्न कार्यक्रम

पोखरा ।

लायन्स क्लब अफ पोखरा सेती गण्डकीले लायन बर्ष २०२०/२१ को सर्भिस कार्यक्रम अन्तर्रगत विभिन्न कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष बिष्णु पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

बिभिन्न समुदायबाट आएका फरक क्षमता भएका शारीरिक रुपमा असक्त ब्यक्तिहरूलाई खाद्यान्न वितरण सँगै कोरोना बीमा पनि गरेको कार्यक्रम संयोजक निर्मला मल्लले जानकारी दिईन् ।

यस सँगै राम बजार प्रहरी चौकीलाई मास्क तथा सेनिटाइजर वितरण गरिएको कार्यक्रम क्लबका सचिव बद्रिका ढुङ्गानाले जानकारी दिईन् । लक्ष्मी नारायण मन्दिर सेन्टमेरीज टोल पोखरा १५ मा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ नेपालका डिस्ट्रिक्ट गभर्नर मनबहादूर रोकाले क्लबले समाजसेवाको क्षेत्रमा राम्रो काम गरेको भन्दै प्रसंसा गरे ।

कार्यक्रममा गर्भनरका स्पाउस रूपा के सी, प्रथम भाइस गर्भनर विशेश्वर आचार्य, द्धितिय भाईस गर्भनर महेन्द्र पौडल,प्रदेश सभा सदस्य प्रभा कोइराला, क्याविनेट सेक्रेटरी सूर्य कुमार के सी, उदय कुमार नेपाल , राम बसेल ,वडा न १५ का वडा अध्यक्ष प्रकाश पौडेल , बिनोद ढुगाना , सुचित्रा थापा , दुर्गा ढकाल , मिलन थापा ,लगायत सहभागी थिए ।

 

You might also like

Comments are closed.