सेन्ट्रल अटो जोनलाई गोल्ड अवार्ड

पोखरा । महिन्द्रा गाडीका लागि चितवन क्षेत्रको आधिकारिक बिक्रेता सेन्ट्रल अटो जोनले गोल्ड अवार्ड जितेको छ । देशभर रहेका डिलरहरु मध्य उत्कृष्ट बन्दै सेन्ट्रल अटोले अवार्ड जितेको हो ।

महिन्द्राका लागि नेपालको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटले अटो जोनका सञ्चालक राजेन्द्रकुमार बाटाजूलाई हालै भैरहवामा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको छ । अग्नी इन्कर्पोरेट प्रवन्ध निर्देशक कविनेट श्रेष्ठले उनलाई सम्मान गरेका हुन् ।

You might also like

Comments are closed.