सेलवेजको १० औं शाखा बिरौटामा, शुभारम्भमा विशेष अफर

पोखरा, ३१ जेठ । सेलवेज डिपार्टमेन्ट स्टोर्सले पोखराको विरौटामा १०औं शाखा शुक्रबारबाट सञ्चालनमा ल्याउन लागेको छ । सेलवेज स्थापनाको २५औं वर्षका अवसरमा सेलवेजले नयाँ शाखा खोल्न लागेको हो । नयाँ शाखा शुभारम्भका अवसरमा विशेट छुटमा सामान बिक्री गरिने सेलवेजका प्रवन्ध निर्देशक सुशीलमान प्रधानाङगले जानकारी दिए ।

नयाँ शाखामा करिब २ करोड रुपैयाँ लगानी गरिएको उनले बताए । ‘सेलवेजका सबै शाखामा गरेर एक अर्ब रुपैयाँ भन्दा बढी लगानी पुगिसकेको छ,’ उनले भने । सेवलेजले असारमा काठमाडौंमा अर्को शाखासमेत खोेल्ने तयारी गरेको छ । पोखरा, काठमाडौं, धरान लगायतका स्थानमा सेलवेजले शाखा बिस्तार गरिसकेको छ ।

खाद्यान्न, मासुजन्य वस्तु, दुधजन्य पदार्थ, मदिराजन्य वस्तु, जुसजन्य पदार्थ सहित अन्य घरायसी सामान सुपथ मूल्यमा उपलब्ध गराइने प्रधानाङगले बताए । वर्षौंदेखिको अनुभव, व्यावसायिक इमान्दिारिता, मेहनत तथा ग्राहकको विश्वास नै सेलवेजले सफलना पाएको उनको भनाइ छ । सबै शाखामा गरेर ५ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइएको उनले बताए ।

नयाँ शाखा शुभारम्भका अवसरमा प्रदान गरिने छुट १५ दिनसम्म जारी रहने प्रवन्धक सन्दिप प्रधानाङगले जानकारी दिए । एक हजार रुपैयाँ बराबरको सामान खरिदमा एक किलो चिनी, आइसक्रिम, रियल चुस, तेल लगायतका उपहार प्राप्त गर्न सकिनेछ ।

You might also like

Comments are closed.