काठमाडौं । किया मोटरले सेल्टोस एसयूभीको सफलतासँगै किया सेल्टोसको इलेक्ट्रिक मोडल ल्याउने तयारी गर्दैछ । लिक भएको रिपोर्टमा सेल्टोस ईभीको नयाँ डिटेल सार्वजनिक भएको छ ।
लिक भएको रिपोर्ट अनुसार किया सेल्टोस ईभी सबैभन्दा पहिला चीनमा लन्च गरिने छ । चीनमा सो कार यही वर्ष लन्च गर्ने तयारी छ । चीनमा इलेक्ट्रिक सेल्टोसको नेक्स्ट जेनेरेसन किया केएक्स३ ईभीको रुपमा लन्च गरिने छ ।
चीनमा हाल उपलब्ध किया केएक्स३ ईभीमा ४५.२ केडब्ल्युएच लिथियम आयोन ब्याट्री समावेश छ । सो ब्याट्रीले एक पटकको फुल चार्जमा ३०० किलोमिटरको दुरी तय गर्न सक्छ । यसमा जडान गरिएको इलेक्ट्रिक मोटरले १११ पीएको पावर र २८५ एनएमको टर्क जेनेरेट गर्छ । सो कारको टप स्पिड १५० किलोमिटर प्रति घन्टा रहेको छ ।
रिपोर्ट अनुसार नेक्स्ट जेनेरेसन किया केएक्स३ ईभीको दुई भेरिएन्ट स्ट्यान्डर्ड र लंग रेन्जमा लन्च हुनेछ । यसको मोटर र ब्याट्री प्याकको डिटेल सार्वजनिक भएको छैन । अनुमानित रिपोर्ट अनुसार सो कारको इलेक्ट्रिक पावरट्रेन किया सोल ईभी वा हुन्डाई कोना ईभीसँग लिइनेछ ।
सोल ईभी दुई भेरिएन्ट मिड र लंग रेन्जमा उपलब्ध छ । एक पटकको फुल चार्जमा मिड रेन्ज भेरिएन्टले २७७ किलोमिटर र लंग रेन्ज भेरिएन्टले ४५२ किलोमिटरको दुरी तय गर्छ । कोना इलेक्ट्रिक पनि दुई भेरिएन्टमा उपलब्ध छ । यसमा पहिलो भेरिएन्टले ३१२ किलोमिटर र दोस्रो भेरिएन्टले ४८२ किलोमिटरको दुरी तय गर्छ ।
रिपोर्ट अनुसार इलेक्ट्रिक सेल्टोसको प्रोडक्सन अगस्तमा सुरु हुनेछ । कम्पनीले हरेक वर्ष १० हजार युनिट सेल्टोस निर्माण गर्ने योजना बनाएको छ ।
Comments are closed.