सेल्सबेरीको दशौ शाखा महाराजगन्ज चक्रपथमा

 

पोखरा, २४ साउन ।

बिगत २६ वर्ष पहिले देखी पोखराबाट डिपार्टमेन्ट स्टोर ब्यबसाय शुरु गरेको सेलवेजले काठमाडौंको चक्रपथ महाराजगन्जमा आफ्नो दशौ शाखा बिस्तार गरेको छ । बिहिबारदेखी औपचारिक सुभारम्भ भएको उक्त शाखामा दैनिक ग्रोसरिज, फ्रोजन तथा आयातित मासुहरु, डेरी प्रोडक्ट, तरकारी तथा फलफुलहरु, सबै ब्राण्डका मदिरा ,बियर, वाइन, ट्वालेटरिज्,पर्सनल सौन्दर्यका सामाग्री तथा घरमा चाहिने अत्यावश्यक किचनका गुणस्तरिय सामानहरु सुपथ मुल्यमा पाइने सेल्सबेरी डिपार्टमेन्ट स्टोरका संस्थापक सुशिल प्रधानाङ्गले बताए ।

ग्राहकको सेवा, सरसफाइ तथा कस्टुमर भ्यालुमा छुटै पहिचान बनाएको सेलवेजले १० औ शाखा बिस्तारको उपलक्ष्यमा बिशेष छुट योजना समेत ल्याएको छ । छुट योजना अन्र्तगत ग्राहकहरुले रु १००० देखी ५००० को खरिदमा आकर्षक उपहारहरु पाउनेछन् । त्यसैगरी रु १०,००० को खरिदमा ३ लिटरको प्रेसर कुकर निशुल्क पाउनेछन । साथै बम्पर उपहारमा ग्राहकले भेष्पा स्कुटर पनि जित्न सक्नेछन् । यस स्टोरमा ताजा तरकारी तथा फलफुल लगायत घरमा चाहिने अत्यावश्यक सबै प्रकारका सामानहरु बिशेष छुटमा उपलब्ध हुनेछन् । पार्किङको लागी पर्याप्त ठांउको ब्यबस्था, बच्चाहरुको लागी प्ले जोन र रेस्टुरेन्ट सुबिधा भएको यो स्टोर अपांगमैत्री रहेको बताइएको छ ।

सेल्सबेरी डिपार्टमेन्ट स्टोरको हाल पोखरामा ३ वटा, काठमाडौं र ललितपुरमा ६ वटा तथा धरानमा १ शाखा सन्चालनमा रहेको सेलवेज तथा सेल्सबेरीका संस्थापक प्रधानाङ्गले जानकारी दिए । हाल यस कम्पनिमा ४०० जना कर्मचारिहरु रहेका छन् भने १००० जना भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिएको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.