आर्थिक आवाज
पोखरा, १३ फागुन । पोखरा इन्टरनेट प्रालिले सेवा केन्द्र विस्तार गरेकोछ । पोखराको गैरापाटनमा मुख्य कार्यालय रहेको प्रालिले पोखराकै जिरोकिलोमिटर सेवा केन्द्र स्थापना गरेको हो । सेवा केन्द्रको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको पोखरा इन्टरनेटका प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाले आर्थिक आवाजलाई जानकारी दिए
‘ग्राहकको सेवासुविधालाई मध्यनजर गरी सेवाकेन्द्र विस्तार गरेका हौं,’ उनले भने, ‘सेवा केन्द्रबाट हाम्रा ग्राहकहरुले सम्पूर्ण सेवा पाउनुहुनेछ ।’ प्रालिका कर्मचारी मानबहादुर गुरुङले सेवा केन्द्रको उद्घाटन गरेका हुन् । आगामी दिनमा आवश्यकता अनुसार अन्य ठाउँहरुमा सेवा केन्द्र स्थापना गरिने कोइरालाले जानकारी दिए । विरौटा, अमरसिंहचोक र फुलबारीमा सेवा केन्द्र विस्तारको तयारी भइरहेको बताइएको छ ।
Comments are closed.