सोमबार सुनको मूल्य घट्यो

काठमाडौं । आइतबारको तुलनामा सोमबार सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य सोमबार ९४ हजार १ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य सोमबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँ रहेको छ । चाँदीको मूल्य भने सोमबार स्थिर छ । चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८० रुपैयाँ रहेको छ ।

पछिल्लो समय सुनचाँदीको मूल्य घट्ने बढ्ने क्रम चलिरहेको छ ।

You might also like

Comments are closed.