सौन्दर्य व्यवसायी गुरुङ सम्मानित

पोखरा, २१ चैत

सौन्दर्य व्यवसायी सोनम गुरुङ बैंककमा सम्मानित भएकी छन् । सामुदायिक संचार समुहले बैककमा आयोजना गरेको कार्यक्रममा गुरुङ सम्मानित भएकी हुन् । गुरुङ सौन्दर्य कला व्यवसायी संघ कास्कीकी अध्यक्ष हुन् ।

थाईल्याण्का लागि नेपाली राजदुत डा. खगनाथ अधिकारी, मातृभुमी नेपालका अध्यक्ष एवं व्यवसायी सुनिल खड्का, सामुदायिक संचार समुहका अध्यक्ष लगायतले गुरुङलाई ईन्टरनेशनल थाई अवार्ड २०१९ बाट सम्मानित गरेका थिए ।

सम्मनित गुरुङ आईरिस हेयर एण्ड ब्युटी केयर एकेडेमीका प्रवन्धक हुन् । व्युटीसियन क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप उनलाई सम्मान गरिएको हो । सम्मानले आफुलाई थप उत्साह तथा हौसला मिलेको गुरुङले बताईन् ।

You might also like

Comments are closed.