स्काइ टाउनको आयोजनामा नेतृत्व विकास कार्यक्रम

पोखरा, १ असोज ।

लायन्स क्लब अफ पोखरा स्काइ टाउनको आयोजनामा शनिबार लायनिजम तथा नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका सिनियर एडभाइजर चण्डिप्रसाद अर्यालले लायनिजम विषयमा सहजीकरण गरेका थिए ।

लायन्स एक उत्कृष्ट संस्था भएको र सामाजिक काममा अग्रस्थानमा रहेको अर्यालले बताए । नेतृत्व विकास सम्वन्धी सहजीकरण युवराज त्रिपाठीले गरेका थिए । सकारात्मक सोचका साथ अगाडि बढेमा नेतृत्व विकासमा सहज हुने उनको भनाई छ ।

यसै वर्ष एसइई उत्तीर्ण गरेका क्लबका सदस्यका छोराछोरीलाई सोही अवसरमा सम्मान पनि गरिएको सचिव रुद्र प्रसाद अर्यालले जानकारी दिए । कार्यक्रममा लायन्सका सदस्य तथा उनीहरुका परिवारका सदस्य सहभागी थिए ।

क्लबका अध्यक्ष केशबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष डोलराज पाण्डेले धन्यवाद ज्ञापन एवं कार्यक्रमको समिक्षा गरेका थिए । स्वागत कार्यक्रम संयोजक एवं क्लबका प्रथम उपाध्यक्ष रिपबहादुर थापा र संचालन सचिव रुद्र प्रसाद अर्यालले गरेका थिए ।

You might also like

Comments are closed.