स्टप साइन र ट्राफिक लाइटमा आफै रोकिने इलेक्ट्रिक कार

काठमाडौं । टेस्लाले हालै इलेक्ट्रिक कारको सफ्टवेयरमा केही अपग्रेड गरेको छ । अपग्रेड पछि टेस्ला कारले ट्राफिक लाइट वा स्टप साइन देख्ने वित्तिकै यसको स्पिड कम हुँदै जान्छ ।

यो अपडेट विशेष गरी टेस्ला कारमा उपलब्ध हुनेछ जसमा अटोपाइलट पावर्ड थर्ड भर्सन चिपसेट हुन्छ । जसलाई हार्डवेयर ३ पनि भनिन्छ । कम्पनीका सीईओ एलोन मस्कले सो फिचरको बारेमा गएको वर्ष घोषणा गरेका थिए ।

ट्राफिक लाइट र स्टप साइन कन्ट्रोल फिचर एक्टिभेट गर्दा ट्राफिक लाइट र स्टप साइन देख्ने वित्तिकै कार आफै रोकिन्छ । अगाडि बढ्नको लागि चालकलाई कारको एक्सिलेरेटर म्यानुअल प्रेस गर्नु पर्छ । यस्तो गर्दा कारले फेरि स्पिड लिन्छ । सो फिचर नयाँ २०२०।१२।६ सफ्टवेयर अपडेटको रुपमा ग्राहकलाई उपलब्ध हुनेछ । सो फिचर हाल केही युजरले प्रयोग गर्न सकिन्छ ।

द भर्जका अनुसार यस फिचर प्रयोग गर्दा पदयात्री, वर्षा, प्रत्यक्ष सूर्यको प्रकाश वा ट्राफिक नियन्त्रणहरुमा समस्या आउन सक्छ । यस्तो अवस्थामा चालक सँधै सतर्क हुनुपर्दछ र ब्रेक सहित सही कार्य गर्न सँधै तयार हुनुपर्दछ । सो फिचरले कारको क्यामेरा र जीपीएस डाटाको मदतले काम गर्दछ, जसले ट्राफिक लाइट, स्टप साइन र रोड मार्किङको अनुमान लगाउँदछ ।

पछिल्लो हप्ता, मस्कले ट्वीटको माध्यमबाट रिभर्स समन फिचरको बारेमा जानकारी दिएका थिए । यस फिचरको माध्यमबाट गन्तव्यमा पुग्दा ड्राइभर र यात्री कारबाट बाहिर निस्कदा कार पार्किङ स्थल खोजेर स्वतः रोक्छ । सो फिचर अर्को वर्ष लन्च गर्ने सम्भावना छ ।

You might also like

Comments are closed.