स्टेप बाई स्टेप माबिमा रक्तदान कार्यक्रम

पोखरा,१९ माघ
स्टेप बाई स्टेप माबिले आफनो ३० औँ बार्षिकोत्सब तथा अभिभाबक दिबसको अबसरमा शनिवार बिद्यालय प्राङगाणमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखा उपसभापति दण्डराज शर्माले पहिलो रक्तदाता मेघनाथ गिरीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्दै “रक्तदान जीवन दान, जीवन दान महादान” हो भन्दै रक्तदानको महत्व र आवश्यक्ता बारे प्रकाश पारे ।

कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।  विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक निर्देशक रमाकान्त बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालीका वडा नम्वर ७ का वडा अध्यक्ष राम चन्द्र बराल, वडा सदस्यहरु दिन्बन्धु पौडेल र किशोर बराल, विद्यालय ब्यवस्थापन समितिका सदस्य लेख बहादुर के सी र रामचन्द्र उपाध्याय, विद्यालयका भाइस प्रिन्सिपल दिपक गिरी लगायतले बोलेका थिए

You might also like

Comments are closed.