स्तन क्यान्सरको निःशुल्क परीक्षण तथा सचेतना

पोखरा, २९ साउन ।

पोखरा २४ पामे घाटिछिना क्षेत्रमा स्तन क्यान्सरको निःशुल्क परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गरिएको छ । सरस्वती आधारभूत विद्यालयमा मंगलबार सुरु कार्यक्रम बुधबारसम्म जारी रहनेछ । सृजना विकास केन्द्र पोखराको आयोजना तथा वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष ओम सुवेदीले स्तन क्यान्सरको परीक्षणले स्थानीय महिलाहरु लाभान्वित हुने बताए । समयमा रोग पत्ता लगाएर उपचार गरे क्यान्सर रोग निको हुने बताउँदै उनले समय समयमा परीक्षण गर्न आग्रह गरे ।

jutta mela

क्यान्सर रोग विशेषज्ञ वरिष्ठ सर्जन डा. सुनिल ढकालले पाठेघर र स्तन क्यान्सरबाट धेरै महिलाहरु पीडित भएको बताउँदै समय समयमा स्वास्थ्य परीक्षण गराउँदा राम्रो हुने सुझाव दिए ।सृजना विकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा आयोजित शिविरको उद्घाटन कार्यक्रममा क्यान्सर रोग परीक्षण तथा सचेतना अभियान्ता तथा कार्यक्रम सहसंयोजक सरस्वती अधिकारी, सृजना विकास केन्द्रका महासचिव मीनप्रसाद भट्टराई, कार्यक्रम संयोजक कमला गिरी, क्यान्सर रोग विशेषज्ञ किशोर प्रधानाङग लगायतले बोलेका थिए ।

नेपालमा पहिलोपटक भित्रिएको अत्याधुनिक प्रविधिको मेसिन अप्टिकल ब्रेस्ट इस्क्यानरबाट शिविरमा परीक्षण गरिएको कार्यक्रम सहसंयोजक सरस्वती अधिकारीले जानकारी दिइन् । परीक्षणमा सहभागीहरुलाई वितरण गर्ने औषधीको सौजन्य अधिकारीले गरेकी छन् ।

You might also like

Comments are closed.