पोखरा, ३१ साउन ।
पोखरा सृजना बिकाश केन्द्र को आयोजना र बि पि कोइराला क्यान्सर अस्पतालको प्राबिधिक सहयोगमा स्तन क्यान्सर सचेतना तथा २ दिनको स्वास्थ्य शिबिर सम्पन्न भएको छ । २९ गते पोखरा महानगरपालिका २४ को सरस्वती पुन्ज प्रा.बिमा ग्रामिण भेगलाई समेटेर गरिएको स्तन जाँच शिबिरमा जम्मा १ सय ३० जनाको मेशिन बाट परिक्षण गरिएको थियो । । ति मध्य २३ जनालाई गिर्खा भेटियको छ । औषधि सहितको शिबिरमा पामे, ठुलाखेत थुम्कि घाँटी छिना लगायतका गाउबाट महिला जाँच गर्न आएका थिए ।
महिलाईमात्र स्तन क्यान्सर हुन्छ भन्ने हैन पुरुषलाई पनि हुन्छ यहि शिबिरमा दुई जना पुरुषलाई पनि स्तनमा गाठा देखिएकोले थप उपचारका लाई भरतपुरमा मा रिफर गरिएको क्यान्सर रोग सर्जन डा सुनिल ढकालले जानकारी दिए ।
क्यान्सर रोग रोकथाम बिशेष किशोर प्राधाङान्ग, मन्जु आचार्य, तारा दवाडी लगायतको टिमले दोस्रो दिन आयोजक संस्थाको आफ्नै भबन पोखरा ८ सिमलचौरमा सन्चालन गरेको कार्यक्रममा २०३ जनाको परिक्षण गरिएको छ । त्यहाँ पनि २३ जनालार्ई स्तनमा गिर्खा देखिएले मेमो ग्राम गर्नु पर्ने डा सुनिलले बताए । रिपोट आएपछि मात्र थप उपचार गर्ने भनी बि पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा बोलाईएको छ। कार्यक्रम फलदायि भएको शिबिरमा आउने विरामीले बताए । आफुलाई ८ बर्ष पहिले क्यान्सर भएर निको भयकि र देशको दुर्गम ठाउमा गयर यस्ता शिबिर चलाउन पहल गर्ने सरस्वती अधिकारी जो आफुलाई त यो रोग भयो अरुलाई यस्तो पीडा भोग्न नपरोस भनेर र शिबिर ठाउठाउमा गरिएको बताउछिन् । छामेर नभेटिने गिर्खा मेसिनले देखाउने भएकोले कार्यक्रम झन प्रभावकारी भएको उनी बताउछिन ।
सृजना बिकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुखको अथिति वडा २४का अध्यक्ष ओम सुवेदीले यस्ता शिबिर गाउमा धेरैनै प्रभावकारी हुने र यस्तो शिबिर पहिलो पटक भएको बताए । उक्त कार्यक्रममा स्वागत संयोजक कमला गिरिले गरेकि थिईन् । माहासचिब मीन भट्टराई सहसंयोक सरस्वती अधिकारीले सरु र कमला गिरिले औषधि पनि सहयोग गरेका थिए ।