स्थानिय तहलाई बलियो बनाऔं ः जि.स.स. प्रमुख

सन्देश श्रेष्ठ
पोखरा, ५ फागुन

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले स्थानिय तहलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । कास्की जिल्ला स्तरीय समन्वय तथा समीक्षा बैठकलाई आइतबार पोखरामा बोल्दै उनले स्थानिय तहको क्षमता अभिबृद्धि गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि जिल्ला समन्वय समितिले काम गर्ने बताए ।

संघ, प्रदेश र स्थानिय तह बिच समन्वय, सहकार्य र सह अस्तित्व कायम गर्न सकेमात्र विकास र समृद्धीको दिशामा देश अघि बढ्ने उनको भनाई थियो । साथै उनले २ जिल्ला समेटेर बनाइएको कृषि ज्ञान केन्द्र, स्वास्थ्य कार्यालय प्रत्येक जिल्ला÷जिल्लामा हुनुपर्ने बताउँदै त्यसका लागि कर्मचारीसहित अधिकार क्षेत्र जिल्ला समन्वयलाई दिन माग गरे ।

कार्यक्रममा कास्कीका सबै स्थानिय तहले कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीको सामाजिक विकास अधिकृत अर्जुन न्यौपाने, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, मादी गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख युवराज अधिकारी, रुपा गाउँपालिकाका नायव सुब्बा रामचन्द्र पौडेल, माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ आचार्य, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषप्रसाद पौडेललगायतले आ–आफ्ना पालिकाका कार्य प्रगति प्रस्तुत गरेका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.