स्थानीय उत्पादन प्रवद्र्धन गराउन लेखनाथ महोत्सवमा कृषि प्रर्दशनी

आर्थिक आवाज
लेखनाथ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्वृद्धि’ नाराका साथ आयोजना हुन लागेको १६ औं लेखनाथ महोत्सवमा कृषि प्रदशनी गरिने भएको छ । यहि पुस ३ देखि १५ गतेसम्म तालचोकमा संचालन हुने महोत्सवमा स्थानीय उत्पादनलाई प्रबद्र्धन गराउने उद्देश्यले कृषि जन्य वस्तुका स्टलहरुलाई समाबेस गराइने भएको हो ।

कृषिको माध्यमबाट मात्र देशको विकास सम्भव भएकाले यस क्षेत्रमा गर्न सकिने कृषि उत्पादनलाई बढवा दिदै व्यावसायिक किसान बनाउन सहयोग पु¥याउने उद्देश्यले महोत्सवमा कृषिका स्टलहरुलाई प्राथमिकताका साथ समाबेस गर्न लागिएको संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए ।

कृषि तथा पशुपंक्षी व्यवसाय प्रबद्र्धन उपसमितिका संयोजक वीरेन्द्र भण्डारीको अध्यक्षतामा भएको भेलाले स्थानीय स्थरमा उत्पादित कृषिका स्टलबाट दर्शकलाई आवश्यक पर्ने कृषि जन्य उत्पादनको बिक्री वितरण तथा परामर्श दिइने निर्णय गरिएको हो ।

कार्यक्रममा संघका अध्यक्ष बलराम ढकाल, बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय र महासचिव गोपिचन्द्र बास्तोला लगाएतले महोत्सवको आयोजना लेखनाथ उद्योग बाणिज्य संघले गरे पनि यो महोत्सवलाई सफल पार्न आम कस्केलीहरुले आफ्नै चाडको रुपमा सम्झेर सहयोग गर्न अनुरोध गरेका थिए ।

त्यसैगरी, महोत्सवको तयारीका सिलसिलामा संघका कोषाध्यक्ष एवं महिला तथा आमा समूह परिचालन उपसमितिकी संयोजक जानुका अधिकारीको अध्यक्षतामा भएको भेलाले महोत्सवलाई सफल पार्न आमा समूहहरु परिचालन गर्ने र त्यसका लागि मंसिर २१ गते बृह्त महिला भेलाको आयोजना गर्न लागिएको बताइएको छ ।

महिला उद्यमी समन्वय तथा रत्यौली गीत व्यस्थापन उपसमिति संयोजक मेनुका श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस महोत्सवमा उत्कृष्ट रत्यौली गीत कार्यक्रमहरु समावेश गर्ने र सोका लागि सवैबाट पहल गर्ने निर्णय भएको छ ।

You might also like

Comments are closed.