स्थापनाको दोस्रो वर्षमा विगेन नेपालको विविध कार्यक्रम

पोखरा, २७ वैशाख

नेचुरल हेल्थ केयर प्रालि द्वारा सञ्चालित विगेन नेपालले पोखरामा कार्यालय स्थापना गरी दोस्रो वर्ष पूरा गरेको अवसरमा विविध कार्यक्रम गरेको छ । कोरियन प्रविधिबाट थर्मल थेरापीको सेवा निःशुल्क गराउँदै आएको विगेन नेपालले पोखरामा स्थापना भएदेखि नै नसा, हाड फिजियो थेरापी सम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ ।

वार्षिकोत्सव समारोहमा विगेन नेपाल पोखराकी संस्थापक अध्यक्ष ज्ञानु लामिछाने गिरीले पोखरामा थेरापी सेवा ल्याएर सामाजिक योगदान गर्न सफल रहेको जिकीर गरिन् । विगेन नेपालका संस्थापक एवं कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले चार वर्ष अघि नेपालमा यस किसिमको सेवा भित्र्याएर फिजिकल अशक्त हुनेहरुलाई निःशुल्क सेवा दिँदा साँच्चिकै पुण्यको काम गरेको महशुस भएको बताए ।

कार्यक्रममा विगेन नेपालको वार्षिक भित्रेपात्रोको समेत विमोचन गरियो । भित्रेपात्रो विमोचन ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरी र अध्यक्ष रमण पौडेलले गरे ।सम्पादक गिरीले विगेन नेपालले कोरियन प्रविधिबाट थर्मल फिजियो थेरापी निःशुल्क उपलब्ध गराएर दीन दुःखी, गरिब, शारिरीक असक्तहरुलाई सेवा दिईरहदा सामाजिक क्षेत्रमा समेत थप उचाई लिइरहेको बताए ।

हाल विगेन नेपाललले काठमाण्डौं उपत्यका सहित १३ स्थानमा शाखा विस्तार गरिसकेको छ । शाखाबाट एक दिनमा करिव ५ हजार जनाले प्रत्यक्ष निःशुल्क थेरापी सेवा लिईरहेको कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले जानकारी दिए । आगामी दिनमा पाल्पा, स्याङ्गजा, भैरहवा, नेपालगञ्ज र दमकमा पनि शाखा विस्तार गरि सेवा विस्तार गर्ने योजना रहेको श्रेष्ठले जनाए ।

विगेन नेपालले शारिरीक स्वास्थ्यलाई जोड दिँदै आईरहेकोले खेलकुदले शारिरीक एवं व्यक्तिको सर्वाङ्गिण विकासको लागि अपरिहार्य रहेको हुँदा खेलकुदलाई समेत सँगसँगै विकास गर्दै लैजाने श्रेष्ठले बताए । स्थानिय सरकारले सहकार्य गर्न चाहेमा विगेन नेपालको सेवा नेपालका सबै स्थानिय निकायसम्म पु¥याउन सकिने श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा युवा तथा खेलकुद विकास समिति पोखरा लेखनाथ महानगरपालिका वडा–२१ का अध्यक्ष नारायण प्रसाद भण्डारीलाई विगेन नेपाल अंकित जर्सी समेत हस्तान्तरण गरियो । कार्यक्रममा विगेन नेपालका सेन्टर प्रमुख लमजुङबाट भरत भट्टराई, मिलन लामिछाने, सेन्टर प्रमुख गोल्फुटारका प्रबन्ध निर्देशक रोज श्रेष्ठ, पोखरा शाखाकी भूतपूर्व एन्जल पवित्र गुरुङ र सन्ध्या भण्डारी, ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरी, अध्यक्ष रमण पौडेल लगायतले मन्तव्य राखेका थिए । विगेन नेपाल पोखरा शाखाका संस्थापक पुष्पराज लामिछानेको संचालनमा भएको कार्यक्रममा स्वागत मेनेजर सरिना गुरुङले गरेकी थिइन ।

You might also like

Comments are closed.