स्नेही काखलाई मालिका बचतकोे साथ

काठमाडौं, ७ साउन ।

मालिका बचत तथा ऋण सहकारी संस्था कुलेश्वर काठमाडौंले आर्थिक सहयोग गरेको छ । ११औं वार्षिकोत्सवको अवसरमा सहकारीले नेपाल स्नेही काख संस्था कुसुन्ती ललितपुरलाई आइतबार टहरा निर्माणको लागि आर्थिक सहयोग गरेको हो । सहकारीले १ लाख ३० हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष जनकबहादुर धामीले जानकारी दिए ।

स्नेही काखले बिगत ८ वर्षदेखि सुस्त मनस्थिती भएका तथा घरबारविहिन तथा बेसाहारा बालबालिकाको रेखदेख गर्दै आइरहेको छ । अहिले स्नेही काखमा १८ जना महिला तथा ६ जना वालवालिका रहेकाछन् । सहकारीका अध्यक्ष जनकबहादुर धामी र प्रमुख अतिथि उद्योगपति भवानी शंकर मिण्डाले सहयोग हस्तान्तरण गरेका हुन् । संस्थामा प्रत्येक महिना आवश्यक पर्ने दाल उपलब्ध गराउने संस्थाका अध्यक्ष धामीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

संस्थाका अध्यक्ष जनकबहादुर धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मालिका सहकारीका संचालक समिति सदस्य तथा कर्मचारीहरको सहभागिता थियो । सहयोगले आफूलाई हौसला मिलेको तथा संस्थालाई बलियो बनाएर मानवीय सम्वेदनाको क्षेत्रमा काम गर्न थप ऊर्जा मिलेको नेपाल स्नेही काख संस्थाकी संचालक श्रीनेहा पोखरेलले बताइन् । सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा सहकारीले विभिन्न गतिविधि गर्दै आइरहेको सञ्चालक तारामान धामीले बताए ।

You might also like

Comments are closed.