स्पर्श लघुवित्तको सञ्चालकमा गजुरेल

पोखरा, २७ फागुन । लघुवित्त विज्ञ मेघराज गजुरेल पोखरास्थित स्पर्श लघुवित्त वित्तीय संस्थाको संचालकमा नियुक्त भएका छन् । संस्थाको शुक्रबार बसेको ३१ औ बैठकले उनलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

कृषि बिकास बैंक, एनसिसी बैंक, आरएमडिसी समेतमा गरेर ३८ वर्ष बैंकिङ क्षेत्रको नीति निर्माणको तहमा सेवा गरेको अनुभव उनीसँग छ । जनप्रशासनमा स्नाकोत्तर गरेका गजुरेल लघुवित्तको क्षेत्रमा विशेषज्ञको रुपमा चर्तित छन् । हाल उनी विभिन्न लघुवित्त वित्तीय संस्थाहरुको तालिम तथा सेमिनारहरुमा श्रोत व्यक्तिको रुपमा काम गर्दै आएका छन् ।

कास्की, बाग्लुङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखा जिल्लाका बैंकिङ पहँुच नपुगेका गाउँपालिकाहरुमा केन्द्रित भई समावेशी लघुवित्त कार्यक्रम संचालन गरिरहेको संस्थाले १५ वटा शाखा मार्फत करिब ५ हजार ५ सय जना विपन्न सदस्यहरुलाई २० करोड रुपैयाँ लगानी गरी करिब ३ करोड बचत संकलन गरिसकेको संस्थाका प्रमुख कार्यकारी अघिकृत सजल खड्काले जानकारी दिए ।

You might also like

Comments are closed.