स्पर्स लघुवित्तको त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न

पोखरा, २१ जेठ

स्पर्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५÷०७६ को तेश्रो त्रैमासिक समिक्षा र आर्थिक वर्ष २०७६÷०७७ को बजेट तथा कार्यक्रम तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । चितवनको सौराहामा जेठ १८ देखि २० गतेसम्म भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्धघाटन गरेका थिए । कार्यक्रमको पहिलो दिन वित्तीय संस्थाका सहायक प्रबन्धक सुदिप अचार्य तथा विभागीय प्रमुखहरु हरिशरण गिरी र ऋषभ सुवेदीले सहजीकरण गरेका थिए । यस क्रममा शाखा प्रबन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौति, भावि रणनीतिहरु तथा आ.व. २०७६÷०७७ को योजना तथा बजेट प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगती हासिल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको दोस्रो दिन वित्तीय संस्थामा संचालित सफ्टवयेर कम्पनी सिनर्जी टेकका टेक्नोलोजी हेड सुरेश चन्दले सफ्टवयेरमा देखिएका समस्या तथा जिज्ञासाको समाधान गरेका थिए । साथै सोही दिन बैकिङ क्षेत्रमा लामो समयको अनुभव रहेका प्रकाश पोखरेलले सहभागी सम्पुर्णलाई आफ्नो जिवन र कामलाई सन्तुलन गदै कसरी लक्ष्यमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने उत्प्रेरणादाही भनाई राखेका थिए ।

कार्यक्रमको समापनका क्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले वित्तीय संस्थाले हाल भोगेको समस्या तथा अवसरहरुको बारेमा जानकारी गराएका थिए । उनले वित्तीय संस्थाको यस आ.व.को लक्ष्य र आउदो आ.व.को लक्ष्य प्राप्तीका रणनीति सँगै सफलताको शुभकामना दिएका थिए । लेखा विभाग प्रमुख विनोद पराजुलीले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु र २० वटा शाखाका शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो ।

You might also like

Comments are closed.