स्पर्सको साधारणसभा, नवनिर्वाचित अध्यक्षको सपथ ग्रहण

पोखरा, २१ पुस । नेपाल राष्ट्र बैंकबाट २०७४ असार २३ गते ५२ औं लघुवित्त वित्तीय संस्थाको रुपमा कारोबार गर्ने अनुमती पाएको स्पर्स लघुवित्त वित्तीय संस्थाको प्रथम वार्षिक साधारण सभा वित्तीय संस्थाको केन्द्रीय कार्यालय, पोखरालेखनाथ २६, विजयपुरमा पौष २१ मा सम्पत्र भएको छ । साधारण सभाले अध्यक्ष को वार्षिक प्रतिवेदन, आ.व.२०७४÷०७५ को लागि लेखापरीक्षकको नियुक्ति, आ.व.२०७३÷०७४ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटमा भएको परिवर्तन आदि सर्वसम्मतिबाट पारित गरेको छ । विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र तथा निमयावलीमा संसोधन, थप पाँच जिल्लामा कार्यक्रम विस्तार गर्ने प्रस्ताव पारित भएका छ । साधारणसभाले हाल कायम रहेको जारी पुँजी रु.८ करोडको ३० प्रतिशतले हुन आउने रु.२ करोड ४० लाख बरबरको २,४०,००० कित्ता साधारण शेयर सर्वसधारणलाई जारी गर्न उपस्थित सतसठ्ठी प्रतिशतभन्दा बढी शेयरधनीहरुको अनुरोध तथा सर्मथनमा सर्वसाधारणलाई शेयर जारी गर्ने विशेष प्रस्ताव थप गरी सो लाई समेत सर्वसम्मतिले पारित गरेको प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सजल खड्काले बताए ।


त्यस्तै गरी संस्थापक समुह अन्र्तगतको ४ जना संचालकको निर्वाचनमा प्रा.डा. सुशिल भक्त माथेमा, डा. सुरेन्द्र न्यौपाने र जनता बैंकको तर्फबाट अजय कुमार मिश्र गरी ३ जनाको मात्र उम्मेद्वारी परेकाले वहाँहरु निर्विरोध निर्वाचित भएका छन । निर्वाचित संचालकहरुले साधारण सभा पछि बसेको संचालक समितिको ३० औं बैठकको निर्णयले प्रा.डा. सुशिलभक्त माथेमालाई अध्यक्षको रुपमा चयन गरेको छ । साधारण सभा तथा संचालकको बैठक पश्चतात नवनिर्वाचित अध्यक्ष प्रा.डा. सुशिलभक्त माथेमाले नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयको निर्देशक पोमनाथ गौतम समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन ।

जनता बंैक नेपाल लि. र टुरिजम डेभलपमेन्ट बैंक लि. तथा ७५ जना व्यवसायिक र प्रतिष्ठित व्यक्तित्वहरुले प्रर्वद्धन गरेको वित्तीय संस्थाले हाल १५ वटा शाखा मार्फत करिब ३,४०० सदस्यहरुलाई ११ करोड कर्जा लगानी गरेको र करीब १ करोड ६० लाख बचत संकलन गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सजल खड्काले जानकारी गराए । रु.१० करोड अधिकृत पुँजी रहेको वित्तीय संस्थाको हाल चुक्ता पुँजी रु.५ करोड ६० लाख रहेको छ भने सर्वसाधारणलाई शेयर जारी गरे पश्चात रु.८ करोड पुग्नेछ ।

You might also like

Comments are closed.