स्पर्स लघुवित्त दोस्रो वर्षमा

पोखरा, २९ असार ।

बिजयपुरमा प्रधान कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड स्थापनाको पहिलो बर्ष पुरा गरी शुक्रबारबाट दोस्रो बर्षमा प्रवेश गरेको छ ।

बार्षिकोत्सवका अवसरमा संस्थाको केन्द्रीय कार्यालय र सञ्चालनमा रहेका १५ वटा शाखा कार्यालयहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण,वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम, वृद्धाश्रममा वृद्धवृद्धाहरुलाई फलफुुल तथा खाद्यान्न वितरण, बाटो तथा चोक सरसफाई, जस्ता कार्यक्रमहरु गरी आफ्नो पहिलो बार्षिकोत्सव मनाएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

संस्थाले बार्षिकोत्सवका अवसरमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम गरेको छ । संस्थाको केन्द्रीय कार्यालयको प्राङ्गण विजयपुरबाट सुरु गरिएको र बुढीबजार परिक्रमा गरी पुन कार्यालयको प्राङ्गणमा आई समापन गरिएको थियो । कार्यक्रममा स्थानीय बासिन्दा, वित्तीय संस्थाका ग्राहक सदस्यहरु तथा वित्तीय संस्थाका कर्मचारीहरु गरी करिब २०० जनाको उपस्थिति रहेको बताइएको छ ।

कार्यक्रमको समापन गर्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले वित्तीय साक्षरता माथि प्रकाश पार्दै हाल नेपालमा अझै पनि करिव ६० प्रतिशत जनताहरुले वित्तीय पहुँच नपाईरहेको अवस्थामा यस किसिमका कार्यक्रमहरु दुरदराजमा पु¥याउनुपर्ने बताए ।

जनता बैंक नेपाल, मेगा बैंक नेपाल तथा विभिन्न ७५ जना व्यवसायी तथा समाजसेवी व्यक्तित्वहरुबाट प्रर्वद्धन गरिएको यस वित्तीय संस्थाले प्रथम बर्षको अवधिमा आफ्ना १५ वटा शाखा कार्यालयहरु स्थापना गरी करिव ८६०० सदस्यहरुलाई रु.३८ करोड २० लाख कर्जा लगानी गरेको छ र रु. ५ करोड ९० लाख बचत संकलन गरेको छ । साथै वित्तीय संस्थाले आउँदो आर्थिक बर्षमा ५ वटा शाखा विस्तार गर्दै दुर्गम तथा ग्रामीण भेगका जनता माझ लघुवित्त बैंकिङ्ग कार्यक्रम पु¥याउने योजना बनाएको बताइएको छ ।

You might also like

Comments are closed.