स्मार्ट टाउनको आयोजनामा सरसफाई तथा शुभकामना आदानप्रदान

Beacon

पोखरा । लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनले शुभकामना आदानप्रदान तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । क्लबका द्वितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक निलम कर्माचार्यको अध्यक्षतामा पोखराको शीतलादेवीमा आयोजित कार्यक्रममा २ वटा डस्टविन पनि वितरण गरिएको छ । वातावरणका क्षेत्रमा काम गर्दै आइरहेको संस्था बाबा फाउण्डेसनले डस्टविन सहयोग गरेको कर्माचार्यले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १२ का अध्यक्ष रामबहादुर कार्कीले स्मार्ट टाउनले स्थापनाको छोटो समयमा सामाजिक क्षेत्रमा राम्रो काम गर्न सफल रहेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका कोचिफ एडभाइजर सुचित्रा थापा, शीतलादेवी सेवा समितिका अध्यक्ष भुवन आचार्य, शीतलादेवी आमा समूहका अध्यक्ष सरस्वती अधिकारी, लायन्सका जोन चियरपर्सन ठाकुरप्रसाद अधिकारी, लायन्स क्लब अफ पोखरा मिड टाउनका सचिव विकास भुर्तेल लगायतले बोलेका थिए ।

शीतलादेवी आमा समूहसँगको सहकार्यमा भएको कार्यक्रममा शीतलादेवी मिसा पुच, शीतलादेवी युथ क्लबको पनि सहभागिता रहेको संयोजक निलम कर्माचार्यले जानकारी दिइन् ।

Nova computer
Citizen Trade Link
टिप्पणिहरु
Loading...