पोखरा, ५ असोज । लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनको आयोजनामा डेंगु रोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । रामकृष्ण टोल नेवा मिसा पुचसँगको सहकार्यमा कार्यक्रम गरिएको क्लबका अध्यक्ष कविता श्रेष्ठले जानकारी दिइन् । पछिल्लो समय डेंगु रोग बढेकाले सचेतना जगाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको क्लबका द्वितीय उपाध्यक्ष एवं कार्यक्रम संयोजक निलम कर्मचार्यले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्सका पास्ट मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठले पछिल्लो समय डेंगु रोग बढिरहेको अवस्थामा क्लबले सचेतना कार्यक्रम आयोजना गर्नु प्रशंसनीय कार्य भएको बताए ।

पोखरा महानगरपालिका वडा नं. ४ का अध्यक्ष शंकर बास्तोलाले डेंगु सचेतना लगायतका सामाजिक कार्यक्रममा महानगरको तर्फबाट वडाले सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका खोप अधिकृत एक नारायण लम्सालले सहजीकरण गर्दै डेंगु रोगको बारेमा प्रकाश पार्दै सचेतनाका उपायहरुका बारेमा बताएका थिए ।
क्लबका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा रामकृष्ण टोल नेवा मिसा पुचका अध्यक्ष भवानी माकाजू, सल्लाहकार पार्वती माकाजू, सचिव रेनु श्रेष्ठ, स्वास्थकर्मी सुजन पौडेल, लायन्सका रिजन चियरपर्सन लक्ष्मी बराल, जोन चियरपर्सन ठाकुरप्रसाद अधिकारी, लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेल, वाराही टाउनका अध्यक्ष कृष्ण श्रेष्ठ (रोजी), स्मार्ट टाउनका द्वितीय उपाध्यक्ष निलम कर्मचार्य, सचिव पवित्रा शर्मा लगायतले बोलेका थिए ।




Comments are closed.