स्याङ्जा, २५ साउन ।
चेम्बर अफ कमर्श स्याङजाले जिल्लामा छरिएर रहेका विभिन्न व्यवसायीलाई एक दिने कर शिक्षा कार्याक्रम गरेको छ । व्यवसायीहरुमा कर सम्बन्धी जानकारी कम भएकाले चेम्बरले आन्तरीक राजश्व कार्यालय पोखराको प्राविधिक सहयोगमा कर शिक्षा कार्याक्रम आयोजना गरेको हो ।
कार शिक्षा कार्यक्रममा पुतलीबजार नगरपालिकाका उपप्रमुख महेश पुरीले राष्ट्र समृद्धि र सक्षम बनाउन व्यवसायीहरु करको दायरमा आउनुपर्ने हुदा स्याङजा च्याम्बरले लिएको बाटो सह्रानीय रहेको बताए । उपप्रमुख पुरीले व्यवसायीहरुलाई परेको समस्या बुझी समाधान गरेर अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रशासकीय प्रमुख रुद्रबहादुर मल्लले प्रगतिको पथ कर भएकोले सबै व्यवसायीहरु करको दायरमा आउनु पर्ने बताए । उनले नाजायज तरिकाले कर नबढाएको बताउदै नगर सभाबाट पारित गरेर कर बढाएको बताए ।
कार्यक्रममा च्याम्बर अफ कमर्श स्याङजाकी अध्यक्ष नन्दकुमारी लम्साल, आन्तरीक राजश्व कार्यालयका जिवराज निरौला र नेकपाका नेता लोकनाथ रेग्मी लगायतले समाज र राष्ट्र आफ्नै भएकाले सबै मिलेर काम गर्नुपर्ने बताए । उनीहरुले आन्तरीक राजश्व कार्यालयबाटै कर तिर्ने र पान लिनुपर्ने बताए ।
जिल्लाका विभिन्न ठाउँहरुबाट सहभागी भएको व्यवसायीहरुले कर र भ्याट बारे जानकारी लिएका थिए । उनीहरुले पसल किन दर्ता गर्ने र कर कसरी बुझाउने भन्ने विषयमा शिक्षा लिएका हुन । आन्तरीक राजश्व कार्यालय पोखराबाट प्रतिनिधि आएर कर सम्बन्धी कक्षा लिदा धेरै व्यवसायीहरुले सहज भएको अनुभुती गरेका थिए ।
Comments are closed.