स्याङजामा भेषकुमारी (अमृता­)को जन्मजयन्तीमा छात्रवृति वितरण, अक्षयकोषमा १ लाख ६५ हजार

 

स्याङजा ,६ फागुन ।

स्याङजाको स्वरेकमा रहेको टापु भञ्ज्याङ राष्ट्रिय माविमा आइतबार भेषकुमारी उत्कृष्ट विद्यार्थी पुरस्कार तथा छात्रवृति वितरण कार्यक्रम सम्पन्न भएको छ ।

स्वर्गीय भेषकुमारी पाण्डेय देवकोटा (अमृता)को स्मृतिमा परिवारद्वारा स्थापित एवं सञ्चालित अक्षयकोषबाट बर्षेनी ४ जना छात्र छात्रालाई अमृताले प्रारम्भीक शिक्षा सुरुगरेकै विद्यालयमा पुरस्कृत गरिदै आएको छ ।

यस बर्ष भेषकुमारी उत्कृष्ट छात्रा छात्र पुरस्कार बाट कक्षा ६ की प्रतीक्षा कोइराला र कक्षा ७ का सुन्दर नेपाली पुरस्कृत भएका छन् भने जेहेन्दार विद्यार्थी तर्फ कक्षा ६ का सन्देश अधिकारी र कक्षा ४ की आकृति ढकालले छात्रबृति प्राप्त गरेका छन् । छात्रवृति कार्यक्रमका प्रमुख अतिथि एवं गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति सासद दिपक कोइराला, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एवं भीरकोट नगरपालिकाका मेयर छायाराम खनाल, अमृताका श्रीमान विष्णु देवकोटा, वालिङ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष बसन्त मल्ल, अमृताका बाबा केशराम पाण्डेय आमा मिनकुमारी पाण्डेय लगायतले वितरण गरेका थिए ।

२० बर्षको उमेरमा २०६१ सालमा गाडी बाट झर्नेक्रममा रुपन्देहीकोे नयाँ मिलमा बसको ठक्कर बाट अमृताको मृत्यु भएपछि परिवारले अमृताको स्मृतिमा उनको जन्मजयन्ती फागुन ५ गते उनले पढेको विद्यालयमा २०७१ साल बाट उनकै स्मरणमा छात्रबृति वितरण गर्दै आएको हो ।

अक्षयकोषमा पोखरा माउण्ट कैलाश रिसोर्ट प्रालिका अध्यक्ष नरेश भट्टराई, अमेरीकामा रहेकी विमला पाण्डे र अमृताका दाजु घनश्याम पाण्डेले १ लाख ५ हजारको अध्यक्षकोष स्थापना गरेका छन् ।
स्वर्गीय अमृताका श्रीमान विष्णु देवकोटाले परिवारको तर्फबाट अक्षयकोषमा ५० हजार थप गरेका छन् भने गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति सासंद दिपक कोइरालाले १० हजार सहयोग गरेका छन् । अक्षयकोषमा १ लाख ६५ हजार रुपैयाँ रकम पुगेको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोइरालाले स्वर्गीय अमृताको स्मरण गर्दे जन्मपछि मृत्यु सत्य भएको तर मृत्युपछि नाम अमर हुने कार्यगर्नु महत्वपुर्ण हुने बताए । परिवारजनले गरेको कार्य प्रंससा योग्य भएको भन्दै कोइरालाले आफ्नो तर्फबाट समेत अक्षयकोषमा १० हजार सहयोग गर्ने घोषणा गरे । अमृताको स्मरण संगै विद्यार्थीहरुमा पनि सहयोग पुग्ने हुदा समाजलाई फाइदा पुगेको उनको भनाई छ । विद्यालयको गुणस्तरीय शिक्षामा जोड दिदै कोइरालाले स्याङजाकै नमुना विद्यालय बनाउने तर्फ शिक्षक अभिभावक विद्यार्थी सवैको ध्यान जानुपर्ने बताए ।

भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले अक्षयकोषमा रकम बृद्धि हुदै जानु सकारात्मक पक्षभएको भन्दै अमृताको भौतीक शरिर नभएपनि विद्यालय परिवार र समाजमा नाम ताजै रहेको बताए ।

वालिङ नगरपाकिला वडानं ११का वडा अध्यक्ष बसन्त मल्लले छात्रबृतिले पुरस्कृत हुने विद्यार्थीहरुमा पढाईमा हौषला थपिने बताए ।

गण्डकी धौलागीरी बस ब्यबसायी समन्वय समितिका अध्यक्ष केदार पौडेलले स्वर्गीय अमृताको स्मरणमा छात्रबृति विरतरण गर्नु सुन्दर पक्ष रहेको भन्दै आफ्नो तर्फबाट विद्यायमा आबश्यक पर्ने खेलकुद संगै शैक्षिक सामाग्री सहयोग गर्ने बचन दिए ।

पत्रकार समेत रहनु भएका अमृताका दाजु घनश्याम पाण्डेयले बहिनीको स्मरण संगै केही विद्यार्थीलाई भएपनि बार्षिक रुपमा सहयोग गर्न सकियोस भनेर शुरु गरेको कार्यमा सवैको सहयोग मिलेको बताए । पाण्डेयले अक्षयकोष निर्माण गर्न सहयोग गर्ने नरेश भट्टराई,विमला पाण्डेय, ज्वाई विष्णुदेवकोटा, गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति सांसद दिपक कोइराला सगै विद्यायल परिवार प्रति आभार प्रकट गरे ।

कार्यक्रममा नमुना स्वरेक सहयोगी समाज स्याङजा उपाध्यक्ष यमलाल शर्मा पंगेनी,नमुना स्वरेक सामाजिक कोष कतारका सस्थापक अध्यक्ष भेषराज पराजुली, शिक्षक ,अभिभावक, विद्यार्थी ,शिक्षासेवीहरुको उलेख्य सहभागीता रहेको थियो । कार्यक्रम विद्यालयका शिक्षक इन्द्र प्रसाद पराजुली –नबराजले सञ्चालन गरेका थिए।

 

You might also like

Comments are closed.