स्याङ्जाका कोरोना संक्रमितको मृत्यू

 

पोखरा ।

स्याङ्जाका कोरोना संक्रमितको मृत्यू भएको छ । स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नम्बर ३ का ६० वर्षिय एक पुरुषको कोरोना संक्रमणबाट सोमबार विहान मृत्यू भएको हो । उनको सोमबार विहान ५ः५५ बजे मृत्यू भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या १४ पुगेको छ । गण्डकी प्रदेशमा भने कोरोना संक्रमणबाट मृत्यू भएको पहिलो घट्ना हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत गण्डकी अस्पतालको आइसोलेसनमा भर्ना भएर उपचाररत पुरुषको मृत्यू भएको हो .

भारतबाट ४ दिनअघी स्याङ्जा आएका उनलाई शनिबार आइसोलेसनमा भर्ना गरिएको थियो । उनीसँग सम्पर्कमा आएका मृतककी श्रीमती र छोरीलाईसमेत स्याङ्जामै क्वारेन्टाइनमा राखिएको शर्माले जानकारी दिए ।

यसैबीच, मृतकको शव व्यवस्थापन कार्य शुरु गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको पोखरामै अन्त्येष्टी गर्ने कि स्याङ्जामा गर्ने भन्नेबारेमा परिवारसँग छलफल भइरहेको निर्देशक शर्माले जानकारी दिए । जतिसक्दो छिटो शव व्यवस्थापन गर्छौं,‘उनले भने,‘यसका लागि मृतककी छोरीसँग २÷३ पटक कुरा भइसकेको छ, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी र वालिङ नगरपालिकाका प्रमुखसँगपनि छलफल भइरहेको छ, हामी चाँडै निर्णयमा पुग्छौं ।’

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ ।

You might also like

Comments are closed.